| मलेशियाका समाचार |
मलेसियामा विदेशी कामदार प्रयोग नगरिने |
2008-04-23 मा पोष्ट गरिएको
|
मलेसियाले विदेशी कामदरलाई प्रयोगमा ल्याउने कामलाई पूर्णतः
बन्द गर्न खोजिरहेको छ ।
दि स्टार दैनिक समाचारपत्रका अनुसार मलेसियामा ३० लाख विदेशी कामदारहरू छन् जसमध्ये धेरैजसो अवैध रूपमा बसोबास गर्दै
आएका छन् । गृहमन्त्री सइद इमिद अल्बारको भनाइ उद्धृत गर्दै सो समाचारपत्रले विदेशी कामदारहरूको संख्या घटाउन मानव संसाधन
मन्त्रालयसँग समन्वय गरीने बताएको छ ।
सइदले भने, 'विदेशी कामदारहरूको माग पूर्णतः बन्द होस् भन्ने हाम्रो चाहना छ ।
कामदारको माग गर्ने संस्थाहरूको सहयोग हामीलाई चाहिएको छ ।' रीक्त रोजगार पूर्ति गर्न हाम्रै नागरकिमाथि निर्भर हुनुपर्ने कुरा लाई
सुनिश्चित गर्न सबै पक्षबाट सामूहिक र योजनाबद्ध प्रयास हुनु आवश्यक छ,' सइदले भन्नुभयो ।
|
|