लोकतन्त्र दिवस भव्यताका साथ सम्पन्न |
| बुधबार २३ अप्रिल २००८ का दिन मलेसिया स्थित नेपाली दुतावासको आयोजनामा आफ्नै सभाकक्षमा लोकतन्त्र दिवस भव्यताका साथ सम्पन्न भएको छ । नेपाल राजदुतावास मलेसिया परिवार नेपालबाट मलेसिया आइपुगेका निजामती कर्मचारी संघका अध्यक्ष सचिव तथा अन्य कर्मचारीहरु साथै मलेसियामा कार्यरत विभिन्न क्षेत्रका नेपालीहरु, संचारकर्मिहरु संघ संस्थाका प्रतिनिधीहरु उपस्थित रहेको उक्त कार्यक्रममा दोस्रो जनयुद्धमा देश र जनताको निम्ती आफ्नो अमूल्य बलिदान दिने ज्ञात अज्ञात वीर नेपालीहरुको सम्झनामा एक मिनेट मौनधारणा सहित कार्यक्रमलाई अगाडि बढाइएको थियो । |
|
| |
निर्वाचन भयरहित बनाउन १० बुँदे सहमति । |
काठमाडौं ।
सहमतिमा चल्दै आएको नेपालको राजनितिमा मंगलबार फेरी अर्को सहमतिको खात लागेको छ । सत्तारुढ प्रमुख तीन दलका शीर्ष नेताहरुका बीचमा निर्वाचनलाई भयरहित बनाउन १० बुँदे सहमति भएको छ ।
|
|
| |
माओवादीद्वारा राजधानीमा जताततै चक्काजाम |
काठमाडौं।
सरकारले निर्वाचनका बेला एके-४७ र इन्सासजस्ता खतरनाक हतियार भित्र्याएको भन्दै आज माओवादी भ्रातृ सङ्गठन वाईसीएलले अपराहन १२ देखि १ बजेसम्म राजधानीमा चक्काजाम गर्ने भएको छ । |
|
| |
भलिवल प्रतियोगिता सम्पन्न |
दुवई यू ए ई।
यू ए ई को अलकुजमा लुम्बिनी वेल्फेयर सोसायटीको भलिवल प्रतियोगिता कार्यक्रम २१ मार्च २००८ का दिन सम्पन्न भयो । १४ मार्च २००८ का दिन सोहि स्थानमा सुरु गरेको भलिबल प्रतियोताको पहिलो चरणको खेल भएको थियो भने क्वाटर फाइनल सेमीफाइनल र फाइनल खेल २१ मार्च २००८ का दिन भएको थियो । |
|
| |
सगरमाथा चढ्न अनुमति रोक्न चीनको आग्रह । |
काठमाडौं ।
स्वतन्त्र तिब्बतका लागि यो बर्ष तिब्बतीहरुले धेरै ठुला प्रदर्शन विश्वका धेरै मुलुकमा गरेका छन् । यही कारणले गर्दा नै हुन सक्छ चीनले नेपाललाई आगामी बैशाख १९ देखि २९ गतेसम्म विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न उत्तरबाट नपाइने नियम बनाएको चीन सरकारले नेपालतर्फबाट पनि सो समय अवधिमा सर्वोच्च शिखर सगरमाथा आरोहणको अनुमति नदिन नेपाल सरकारलाई दबाब दिएको छ ।
|
|
| |
टयाक्टर दुघटनामा नौको मृत्यु ऽ |
| जुम्लाबाट सुर्खेततर्फआउँदै गरेको टयाक्टर मंगलबार साँझ सवा ६ बजे कालिकोटको थाप्रे गाविस-२ छोरघाटमा दुघटना हुँदा नौ जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
|
|
| |
एसएलसीको तयारी जंगलभित्र । |
गोल्धाप, झापा ।
आगलागीले आफ्नो सबै सम्पत्ति, पुस्तक, घर जलेर ध्वस्त बनेपछि गोल्धापस्थित शरणार्थी शिविरका विद्यार्थीहरू जंगलभित्रै बिनापुस्तक परीक्षाको तयारीमा जुटेका छन्। |
|
| |
ट्रक दुर्घटनामा दुईको मृत्यु । |
सिन्धुपाल्चोक ।
जिल्लाको लिसंखु गाविसको तीनचोकबाट काठ बोकेर सानोपाखर आउँदै गरेको बा२ख २८२२ नम्बरको मिनीट्रक सोमबार २१ किलो घ्याँङडाँडा सडकखण्डको सिक्रे नजिकै दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । |
|
| |